विषयः विवरण खुलाइ
पठाइदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस जिल्ला समन्वय समितिको कार्यालय रामेछापले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय योजना, अनुगमन तथा नतिजा व्यवस्थापन शाखा, हेटौंडाद्वारा आ.व. २०८०/८१ मा बिनियोजन भएको बजेट अनुसार जिल्ला प्रोफाइल प्रकाशन गर्न लागेकोले तहाँ कार्यालयबाट रामेछाप जिल्लामा रहेको सबै प्रकारका विविध क्षेत्रकाो अध्यावधिक तथ्याङ्कको विवरण एक प्रति HARD COPY र SOFT COPY यस कार्यालयको इमेल ddcramechhap@gmail.com मा र कार्यालयमा मिति २०८१/०२/१० गते भित्र उपलब्ध गराइदिनुहुन निर्देशानुसार सादर अनुरोध छ ।