जिल्ला समन्वय समिति, रामेछापको तेश्रो जिल्ला सभा बैठक कार्यक्रम यहि मिति २०७५ मंसिर २३ र २४ गते सम्पन्न भयो । रामेछाप जिल्ला समन्वय समितिका प्रमुख श्री प्रेम बहादुर खड्काज्यूको अध्यक्षता तथा रामेछाप जिल्लाबाट प्रतिनिधि सभाका सदस्य माननीय श्याम कुमार श्रेष्ठ र प्रदेश नम्वर ३ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय कैलाश ढुंगेलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको यस सभामा जिल्लाका २ वटा नपा र ६ वटै गापाका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष, जिससका सदस्यहरुको सहभागिता रहेको थियो । जिससका उपप्रमुख श्री दिपा पाख्रिनको स्वागत मन्तव्यबाट शुरु भएको सभाको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शान्ति प्रसाद पौडेल, जिसस महासंघ नेपालका प्रवक्ता नवराज गेलाल, संविधान सभाका पूर्व सभासद् तारानारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायत ४ वटा प्रमुख राजनितीक दलका प्रमुख/प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, जिल्लास्थित कार्यालयका प्रमुखहरु, ८ वटै तहका प्रमुख प्रशासकीय अधिकृतहरु, जिल्लास्थित विभिन्न संघ/महासंघका र समितिका अध्यक्षहरु जिल्लास्थित अधिकांश पत्रकारहरु सहितको उपस्थितिमा कार्यक्रमको उद्घाटन समारोह सम्पन्न गरिएको थियो । यस जिल्ला सभाको सन्दर्भमा जिल्ला समन्वय समितिका वार्षिक कार्यक्रम सहित जिल्लास्थित सबै कार्यालयहरु सबै पालिकाहरु र जिल्लास्थित प्रमुख गैसससहरुको आ.व. २०७४/७५ को वार्षिक समीक्षा कार्यक्रम पनि गरिएको थियो ।
दुई दिनभर संचालित कार्यक्रमको सञ्चालन जिससका शाखा अधिकृत दीपक प्रसाद सुवेदीले गर्नु भएको थियो भने यस सभाले भुकम्प पिडितका समस्या सहित जिल्लाका प्रमुख सरोकारका विषयहरु र विकास निर्माणलाई सन्तुलन गर्ने विषयहरु एकिकृत गरि रामेछाप जिल्लाको साझा अवधारणा पत्रको रुपमा साझा प्रतिवद्धता जारि गरियो ।